शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
काठमाडौं । विगत १२ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूले पार्टी सदस्यता जलाउने कार्यक्रम आयोजना गरेका छन् ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै शिक्षकहरूले नयाँ वर्षको अवसर पारेर पार्टी सदस्यता जलाउने कार्यक्रम राखेका हुन् ।
स्वतन्त्र शिक्षक समूहले नयाँ वर्ष २०८१ सालको वैशाख १ गते माइतीघरमण्डलामा पार्टी सदस्यता जलाउने कार्यक्रम राखेको हो । शैक्षिक क्षेत्र सुधारका लागि विशुद्ध शिक्षक बन्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ वर्षदेखि विभिन्न नाम, उपनाममा आफुले लिएका जुनसुकै पार्टीका सदस्यता सडकबाटै त्याग गरेको घोषणा गदैै पार्टी सदस्यता जलाउने कार्यक्रम राखिएको हो ।
सामाजिक सञ्जालमा उक्त विषय चर्चामा आएको छ । जसले गर्दा यतिबेला शिक्षकहरूबीच पार्टी सदस्यता जलाउने वा नजलाउने भन्ने विषयमा बहस सुरु भएको छ ।
कतिपयले यसको वैधानिक अस्तित्व के हो भन्दै प्रश्न गरेका छन् । बहुलीय व्यवस्थामा रहेको बताउँदै उनीहरूले स्वतन्त्र रहनु पनि व्यवस्था नमान्नु सरह हुने भनेका छन् ।
शिक्षक विद्यालय समयमा पेशाकर्मी हुन कुनै दलको विचार बोक्न नहुने स्वतन्त्र रहनुपर्ने तर, विद्यालय समय बाहेकका समयमा नागरिकको हैसियतले दलीय गतिविधिमा लाग्नु कुनै अपरोध नभएको समेत दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण