मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
आइतबार, ३१ चैत २०८१, १७ : ४३
हेटौँडा । आइतबार अपराह्न पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा आइतबार एक जनाको मृत्यु भएको छ । यस्तै दुई जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ५ दरदराका २८ वर्षीय अबिर थिङ रहेका छन् ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मनहरी ५ वसन्तपुरस्थित राप्तीखोलाको किनारमा आफन्तको घर मनहरी ५ डिल्लीपुरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ लागेर थिङको मृत्यु भएको हो ।
चट्याङ लागेर थिङ तत्कालै मृत्यु भएको प्रवक्ता अर्यालले बताए । उनका अनुसार थिङको साथमा रहेका उनका बुबा ५६ वर्षीय सिंहबहादुर थिङ र हिरामान गोलेका १० वर्षीय छोरा सौगात गोले भने घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण