बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
सेयर बजार

सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि

बुधबार, ३१ असार २०८३, १५ : २७
बुधबार, ३१ असार २०८३

सारांश

  • नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रम र धितोपत्र बजार सुधार मार्गचित्रले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ ।
  • सेबोनले आगामी आर्थिक वर्षका लागि सुधारमुखी योजनाहरू सार्वजनिक गरेपछि लगानीकर्ताको मनोबल बढेको छ ।
  • यस नीति तथा कार्यक्रमले गर्दा नेप्से परिसूचक १४.०० अङ्कले बढेर २५९०.२९ विन्दुमा पुगेको छ ।

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रम र धितोपत्र बजार सुधार मार्गचित्रको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । 

बोर्डले मङ्गलबार मात्रै आगामी आर्थिक वर्षका लागि सुधारमुखी योजनाहरू सार्वजनिक गरेपछि लगानीकर्ताको मनोबल बढेको हो।  बुधबार बजार बन्द हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०० अङ्कले बढेर २५९०.२९ विन्दुमा पुगेको छ। 

आजको बजारमा कारोबार रकम भने सामान्य देखिएको छ । दिनभरिमा ३६२ वटा स्क्रीप्सको ४ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल ८४ लाख ७३ हजार १६ कित्ता सेयर कारोबारमार्फत किनबेच भएका छन्।

आजको बजारमा १९५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटा कम्पनीको मूल्य घटेको छ । १९ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। आज पनि बजार सुधार र कारोबारमा डिबेञ्चरहरूकै वर्चस्व रह्यो। 

समूहगत रूपमा हेर्दा लगानी समूह बाहेक आज सबै समूहमा सुधार देखिएको छ । विकास बैंक र निर्जीवन बीमा कम्पनीमा एक प्रतिशत भन्दा धेरैको सुधार देखिँदा बाँकी समूह सामान्य बढेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप