एनआरएनए एकता महाधिवेशन
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
आइतबार, ३१ चैत २०८१, १८ : १३
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा सबै डेलिगेट्स (प्रतिनिधि) सबै पदमा उम्मेदवार बन्न पाउने भएका छन् । उच्चस्तरीय समितिको आइतबार सम्पन्न बैठकले प्रतिनिधि भएका व्यक्तिले अध्यक्ष सहितका सबै पदमा उम्मेदवारी दिन पाउने निर्णय गरेको हो ।
उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले आइतबारको निर्णयसँगै प्रतिनिधि जो कोहीले जुनसुकै पदमा उम्मेदवारी दिन सक्ने रातोपाटीलाई बताए । यसअघि आइसीसी सदस्य भएका व्यक्तिले मात्रै अध्यक्ष सहितका पदमा उम्मेदवारी दिन पाउने व्यवस्था थियो।
एनआरएनको एकता महाधिवेशन आगामी मे ३, ४ र ५ मा काठमाडौँमा हुँदैछ। त्यसका लागि उच्चस्तरीय समितिले आवश्यक तयारी तीव्र बनाइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण