चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
आइतबार, ३१ चैत २०८१, २१ : ३०
चरिकोट । आजदेखि यहाँ ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’ सडक खाना महोत्सव प्रारम्भ भएको छ । महोत्सवको नागरिक उड्डयन तथा पर्यटनमन्त्री बद्री पाण्डेले आइतबार उद्घाटन गरेका हुन् ।
बहुभाषिक, बहुजातीय, बहुसंस्कार र बहुसंस्कृति भएको मुलुकको यो विविधताले विश्वमा नेपालको बेग्लै परिचय भएकाले यस्ता महोत्सवका माध्यमबाट आन्तरिक एवं पर्यटक आकर्षित गर्न मद्दत पुग्ने उनले बताए ।
देशको दिगो विकास सरकारको प्राथमिकता भएको बताउँदै विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रको विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको समेत बताए ।
दोलखा चेम्बर अफ कमर्स र होटल तथा पर्यटन व्यवसायी सङ्घको संयुक्त आयोजनामा महोत्सव भएको हो । महोत्सव तीन दिनसम्म जारी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण