नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई भरोसा दिलाउने गरी कामकारबाही गर्ने बताएका छन्। नयाँ वर्ष ०८२ को शुभकामना सन्देश दिँदै कँडेलले यति बेला आफ्नो प्रमुख दायित्व नै यही भएको बताएका हुन् ।
साथै संविधानतः प्राप्त प्रदेश संरचनालाई बलियो बनाउँदै सरकारप्रति नागरिकको भरोसा बढाउने गरी कामकारबाही अगाडि बढाउने पनि उनले बताएका छन्। उनले भनेका छन्, 'विगत वर्षहरू जस्तै यो नयाँ वर्ष पनि हामी सबैका लागि अनेकौँ चुनौती र सम्भावनाहरू लिएर आएको छ। चुनौतीहरूलाई आत्मसात् गर्दै अवसरमा रूपान्तरण गर्ने हाम्रो साझा सङ्कल्पले कर्णाली प्रदेशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ।'
यस्तो छ शुभकामना सन्देश :
नयाँ वर्ष २०८२ सालको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा भविष्यमा गरिने कार्यहरूको योजना बनाउने अवसरका रूपमा हामीले स्वागत गर्दै आएका छौँ। नयाँ वर्ष प्रत्येक व्यक्तिको जीवनमा नयाँ सङ्कल्प, नयाँ सोच र नयाँ यात्राको सुरुवात हो। तसर्थ, नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो। यस अवसरमा हामी सबैले आपसी प्रेम, सहकार्य, सहिष्णुता र एकताको भावना फैलाउँदै सामूहिक हितका लागि योगदान पुर्याउन सकौँ भन्ने कामना गर्दछु।
नेपाली जनताको लामो राजनीतिक संघर्षपछि यति बेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संवैधानिक अभ्यासमा छ । संघीय संरचनाको नयाँ अभ्यासको रूपमा हामीले प्रदेश संरचना प्राप्त गरेका छौँ। संविधानतः प्राप्त प्रदेश संरचनालाई बलियो बनाउँदै सरकारप्रति नागरिकको भरोसा बढाउने गरि आफ्ना कामकारबाही अगाडि बढाउनु यति बेला हाम्रो प्रमुख दायित्व हो ।
विगत वर्षहरू जस्तै यो नयाँ वर्ष पनि हामी सबैका लागि अनेकौँ चुनौती र सम्भावनाहरू लिएर आएको छ। चुनौतीहरूलाई आत्मसात् गर्दै अवसरमा रूपान्तरण गर्ने हाम्रो साझा सङ्कल्पले कर्णाली प्रदेशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ।
अन्तमा, नयाँ वर्ष २०८२ ले आपसी एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोस, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास‚ कुरीति एवं कुसंस्कारहरूलाई हटाउँदै न्यायपूर्ण‚ सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने पुनः शुभकामना व्यक्त गर्दछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण