अशोक शर्माको ‘डबल ट्रिपल’ को प्रदर्शन मिति परिवर्तन
काठमाडौँ । अशोक शर्माको निर्देशनमा निर्माण हुने फिल्म ‘डबल ट्रिपल’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि दसैँको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब फागुन १ गतेबाट भ्यालेनटाइन डेको अवसरमा प्रदर्शनमा आउने भएको हो ।
नेपाली नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै निर्देशक शर्मामाले ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् ।
निर्देशक शर्माले फेसबुक पोस्टमा लेखेका छन्,‘दसैँमा धेरै फिल्महरू आउने भए भरसक मिलाएर ल्याएर निर्माता साथीहरू पनि सेफ होस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न पनि तैयार भएनन् त्यसैले ‘डबल ट्रिपल’ अब २०८२ फागुन १ गते रिलिज हुनेछ ।’
फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरवीर पण्डितको अभिनय रहनेछ । फिल्मको कथा र पटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन् ।
फिल्ममा शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायाङ्कन, राजु किराँतीको एक्सन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहनेछ । फिल्मको निर्मातामा किरण शर्मा पौड्याल, कृति शर्मा तथा अङ्कित शर्मा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण