नयाँ वर्षमा आन्तरिक र बाहिरी पर्यटकले भरियो सैलुङ (तस्बिरहरू)
दोलखा । दोलखाको पर्यटकीय स्थल सैलुङमा नयाँ वर्ष २०८२ सालको पहिलो दिन आज आन्तरिक तथा बाहिरी पर्यटनको भिड लागेको छ । नयाँ वर्षको अवसर पारेर सैलुङमा सोमबार ५० हजार बढी पर्यटन सैलुङ पुगेको अनुमान गरिएको छ ।
_AM4BYTy8K9.jpg)
समुन्द्री सतहदेखि ३१ सय ४८ मिटर उचाइमा अवस्थित सैलुङ डाँडा पछिल्लो समय आन्तरिक तथा बाहिरी पर्यटनको रोजाइमा पर्न थालेको छ। सैलुङका रमणीय डाँडाहरू नयाँ वर्षको पहिलो दिन विदेशी र स्वदेशी पर्यटकले भरिएका थिए । सैलुङमा रहेको सैलुङ्गेश्वर महादेवको मन्दिरमा सामूहिक लघु रुद्री पूजा गरिएको थियो ।
_4AKOuZYfTL.jpg)
वरिष्ठ समाजसेवी तथा राप्रपाका केन्द्रीय सहायक कोषाध्यक्ष शोभित उप्रेतीको सहयोगमा यहाँ लघु रुद्री समेत सम्पन्न भएको छ । हजारौँ पर्यटकहरूको आगमन हुन थालेपछि यहाँका स्थानीयवासीहरू खुसी भएका छन् ।
_ZgFuS19j0N.jpg)
यस ठाउँ नेपालकै आकर्षक पर्यटन गन्तव्य बन्न लागेपछि नयाँ नयाँ होटलहरू खुल्ने क्रम बढ्न थालेको छ । आजै हजारौँको संख्याका सवारी साधनमा पर्यटकको उपस्थिति रहेको र मेलासमेत लागेको थियो । यहाँको विकास र पर्यटन प्रवर्द्धनका लागि समाजसेवी उप्रेती लगायतका स्थानीय जनप्रतिनिधिहरू सक्रिय भइरहेका छन् ।
_xZ8WJPatV0.jpg)
_0b8DKvAG2l.jpg)
_CTNNf6hdXP.jpg)
_Jo1zC6Jy02.jpg)
_4nPa7JzItQ.jpg)
_SPYLWxmLj8.jpg)
_YV8rrdzCjX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण