धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पुनरागमन गरेको छ । सोमबार राती भएको चेन्नईले लखनऊ सुपर जायन्ट्सलाई पाँच विकेटले हराउँदै लिगमा पुनरागमन गरेको हो । योसँगै लखनऊको तीन खेलको अपराजित यात्रा भङ्ग भएको छ । सातौं खेल खेलेको लखनऊको आठ अंक छ ।
समान खेलबाट सबैभन्दा पुछारमा रहेको चेन्नईले चार अंक बटुलेको छ । योसँगै चेन्नईको हार यात्रामा अल्पविराम लागेको छ । सोमबार लखनऊले प्रस्तुत गरेको १६७ रनको चुनौति पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा तीन बल बाँकी छँदै पाँच विकेट गुमाएर १६८ रन बनायो ।
चेन्नईका शिवम दुवेले सर्वाधिक ४३ रन बनाए । अविजित रहँदै उनले ३७ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनले महेन्द्र सिंह धोनीसँगै छैटौं विकेटका लागि अविजित ५७ रनको साझेदारी गरेर टोलीलाई जिताए ।
४३ वर्षीय धोनीले ११ बल खर्चिंदै चार चौका र एक छक्का प्रहार गरेर २६ रन बनाए । ओपनरद्वय रचिन रवीन्द्र ३७ र शेख राशिद २७ रनमा आउट भए । बलिङतर्फ लखनऊका रवी विश्नोइले २५ रन खर्चिएर दुई विकेट लिए । दीग्भेश राठी र एडन माक्रमको नाममा समान एक-एक विकेट रह्यो ।
यसअघि, अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६६ रनको योगफल तयार पारेको थियो ।
लखनऊका कप्तान ऋषभले सर्वाधिक ६३ रन बनाए । ४९ बल खर्चिएका उनले चार चौका र चार छक्का प्रहार गरे । मिचेल मार्शले २५ बलमा समान दुई चौका र छक्काको मद्दतले ३० रन बनाए । आयुष बडोनीले २२ र अब्दुल समादले २० रनको योगदान दिए ।
चेन्नईका रवीन्द्र जडेजा र मथिशा पाथिरानाले समान दुई-दुई विकेट लिए । यस्तै, खलिल अहमद र अन्सुल काम्बोजले एक-एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण