एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
काठमाडौँ । एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढेको छ । २०८० चैत ३० देखि २०८१ चैत ३१ गतेसम्मको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार २०८० चैत ३० गते छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो । तर, सो मूल्य २०८१ चैत ३१सम्म आइपुग्दा तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको सरोकारवाला बताउँछन् ।
उसो त सुनको भन्सार दर नघटाइएको भए यतिबेला सुनको मूल्य थप बढी हुने थियो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो ।
चालु आर्थिक वर्षको बजेट घोषणा हुँदा भन्सार दर २० प्रतिशत कायम गरिएको थियो । भन्सार दर महँगो भएको भनेर व्यवसायीहरुले सरकारमाथि दबाब बढाएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा गत मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय मंसिर १० देखि कार्यान्वयनमा गएको थियो ।
चैत ३१ गतेको भाउ हालसम्मकै रेकर्ड उच्च मूल्य हो । उसो त सरोकारवाला अझै सुनको मू्ल्य बढ्ने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण