बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
मङ्गलबार, ०२ वैशाख २०८२, ११ : ३८

काठमाडौँ । बेहुलासहित एकै परिवारका २५ जनालाई बारुलोले चिल्दा विवाह नै स्थगित गर्नु परेको छ ।
भारतको हिमाचल प्रदेशको हमीरपुर जिल्लाको रक्कड गाउँमा सोमबार उक्त घटना भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार बेहुलासहित परिवारका सदस्यहरू विवाहको तयारीमा थिए । उनीहरू स्थानीय एक मन्दिरमा पूजा गरेर आशीर्वाद लिन गएका थिए ।
मन्दिरमै उनीहरूमाथि बारुलोको हुलले हमला गरेको थियो । यस क्रममा २५ जना घाइते भएका र तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बेहुलाका पिता दिलीप सिंहका अनुसार घाइतेलाई नादौन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । बेहुलासमेत गम्भीर घाइते भएका कारण विवाह स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन