सिंगापुरमा निर्वाचनको मिति घोषणा
सिंगापुर । सिंगापुरमा निर्वाचनको मिति घोषणा भएको छ । मे ३ मा चुनाव हुनेगरी मिति घोषणा भएको हो । यो चुनाव प्रधानमन्त्री लरेन्स वाङका लागि अर्थपूर्ण मानिएको छ ।
किनकि १९५९ मा सिंगापुरले बेलायतबाट आफूमाथि आफैँ शासन गर्ने अधिकार पाएयता त्यहाँ भएका हरेक निर्वाचनमा पापले जित्दै आएको थियो । तर, २०२० मा भएको आम निर्वाचनमा विपक्षी दल वर्कर्स पार्टीले १० सिट जितेको थियो । विपक्षी पार्टीले जितेको यो सिट संख्या १९६५ मा सिंगापुर स्वतन्त्र भएयताकै धेरै थियो ।
यस्तो पृष्ठभूमिमा ९७ सिटमा निर्वाचन हुन लागेको हो । तर यो वर्ष फेरि पापले नै भारी बहुमतले जित्ने विभिन्न सर्वेक्षणहरुले देखाएकाले वर्कर्सका वाङका लागि यो चुनाव चुनौतीपूर्ण हुने भएको हो ।
सिंगापुरमा चुनावी अभियान जम्मा ९ दिनको हुनेछ । यस अभियानमा आकासिँदै गएको जीवनयापन खर्च, हाउजिङ, रोजगारी, बुढ्यौली जनसंख्यामा भइरहेको वृद्धिका कारण बढ्दै गइरहेको स्वास्थ्य हेरचाहको माग जस्ता विषयले बढी महत्त्व पाउने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण