सिंगापुरमा निर्वाचनको मिति घोषणा

सिंगापुर । सिंगापुरमा निर्वाचनको मिति घोषणा भएको छ । मे ३ मा चुनाव हुनेगरी मिति घोषणा भएको हो । यो चुनाव प्रधानमन्त्री लरेन्स वाङका लागि अर्थपूर्ण मानिएको छ ।
किनकि १९५९ मा सिंगापुरले बेलायतबाट आफूमाथि आफैँ शासन गर्ने अधिकार पाएयता त्यहाँ भएका हरेक निर्वाचनमा पापले जित्दै आएको थियो । तर, २०२० मा भएको आम निर्वाचनमा विपक्षी दल वर्कर्स पार्टीले १० सिट जितेको थियो । विपक्षी पार्टीले जितेको यो सिट संख्या १९६५ मा सिंगापुर स्वतन्त्र भएयताकै धेरै थियो ।
यस्तो पृष्ठभूमिमा ९७ सिटमा निर्वाचन हुन लागेको हो । तर यो वर्ष फेरि पापले नै भारी बहुमतले जित्ने विभिन्न सर्वेक्षणहरुले देखाएकाले वर्कर्सका वाङका लागि यो चुनाव चुनौतीपूर्ण हुने भएको हो ।
सिंगापुरमा चुनावी अभियान जम्मा ९ दिनको हुनेछ । यस अभियानमा आकासिँदै गएको जीवनयापन खर्च, हाउजिङ, रोजगारी, बुढ्यौली जनसंख्यामा भइरहेको वृद्धिका कारण बढ्दै गइरहेको स्वास्थ्य हेरचाहको माग जस्ता विषयले बढी महत्त्व पाउने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश