एक करोडको अक्षयकोष स्थापना घोषणा
काठमाडौं । “बागलुङ सेवा समाज कतारले बहुउद्देश्यीय अक्षयकोष” को प्रथम अधिवेशन आउँदो शुक्रबार गर्ने भएको छ ।
बागलुङ सेवा समाज कतारको संस्थागत संरक्षकत्वमा स्थापित कोषको अधिवेशन शुक्रबार मुन्तजामा रहेको होटेल होलिडे भिल्लामा मध्यान्ह १२ बजेबाट सांगीतिक प्रस्तुतिसहित हुने भएको छ ।
अधिवेशनमा सांगीतिक प्रस्तुति दिन अतिथि कलाकारका रूपमा नेपालबाट युवा लोक तथा दोहोरी गायक रेशम निर्दोष र भर्षटायल गायिका सिम्रन परियार कतार आउन लागेको अधिवेशन संयोजक रमेश भट्टले जानकारी दिए ।
आयोजकका आनुसार उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिको रूपमा कतार आउन लागेका छन् ।
अक्षयकोषका लागि हालसम्म ५५ लाख भन्दा बढी रकम संकलन भइसकेको र यसलाई एक करोड पुर्याउने लक्ष्यसहित अभियान र अधिवेशनको तयारीलाई तीव्रता दिइएको अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलले बताए ।
गैरआवासीय नेपाली संघका अभियन्ता राज रेग्मी (राजु) ले उक्त कोषका लागि दश लाख र अर्का अभियन्ता राजेन्द्र कुमार शर्मा ९आरके० ले पाँच लाख सहयोग गरेकाछन् उनीहरु दुवैको पुर्ख्यौली थलो पनि बागलुङ नै रहेको छ ।
अक्षयकोषका संयोजक पौडेलका अनुसार बागलुङ जिल्लामा कोही पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस्, जिल्लाका कुनै पनि नागरिक औषधि उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने नै मुख्य उद्देश्यले कोषको स्थापना गरिएको बताएकाका छन् । उनले कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुर्याइएको समेत बताए ।
निःशुल्क प्रवेश गर्न सकिने र अधिवेशनलाई सफल बनाइदिन बागलुङबासी र दोहामा रहेका सबैलाई उपस्थितिको लागि पौडेलले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण