आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सलाई हराउँदै पन्जाव किङ्स चौथो स्थानमा उक्लिएको छ । पञ्जाबको ६ खेलबाट आठ अंक भएको छ ।
सात खेलबाट ६ अंक बटुलेको कोलकाता भने अंक तालिकाको छैठौं स्थानमा छ । मुल्लानपुरको महाराजा यादविन्द्र सिंह रंगशालामा पञ्जाब किंग्सले जितका लागि कोलकातालाई ११२ रनको चुनौति दिएको थियो । तर, कोलकाता १५ ओभर १ बल खेल्दै ९५ रनमा समेटियो ।
कोलकाताका लागि अंगकृष रघुवंशीले ३७ रन बनाए भने कप्ता अजिन्क्या रहाणे र आन्द्रे रसेलले समान १७-१७ रनको योगदान दिए । अन्य व्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ पञ्जाबका युजबेन्द्र चहल एक्लैले चार विकेट लिए । मार्को जनसनले ३ विकेट लिए ।
यसअघि पञ्जाब १५ ओभर ३ बलमा अलआउट भएको थियो । प्रतियोगितामा १८औं सिजनको दोस्रो सबैभन्दा कम स्कोर बनाउने क्रममा पञ्जाबका लागि प्रभसिमरन सिंहले ३०, प्रियांश आर्यले २२ र शशांक सिंहले १८ रन बनाए । कोलकाताका लागि हर्षित राणाले ३ विकेट लिए । सुनिल नारिन र वरुण चक्रवर्तीले २-२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण