आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सलाई हराउँदै पन्जाव किङ्स चौथो स्थानमा उक्लिएको छ । पञ्जाबको ६ खेलबाट आठ अंक भएको छ ।
सात खेलबाट ६ अंक बटुलेको कोलकाता भने अंक तालिकाको छैठौं स्थानमा छ । मुल्लानपुरको महाराजा यादविन्द्र सिंह रंगशालामा पञ्जाब किंग्सले जितका लागि कोलकातालाई ११२ रनको चुनौति दिएको थियो । तर, कोलकाता १५ ओभर १ बल खेल्दै ९५ रनमा समेटियो ।
कोलकाताका लागि अंगकृष रघुवंशीले ३७ रन बनाए भने कप्ता अजिन्क्या रहाणे र आन्द्रे रसेलले समान १७-१७ रनको योगदान दिए । अन्य व्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ पञ्जाबका युजबेन्द्र चहल एक्लैले चार विकेट लिए । मार्को जनसनले ३ विकेट लिए ।
यसअघि पञ्जाब १५ ओभर ३ बलमा अलआउट भएको थियो । प्रतियोगितामा १८औं सिजनको दोस्रो सबैभन्दा कम स्कोर बनाउने क्रममा पञ्जाबका लागि प्रभसिमरन सिंहले ३०, प्रियांश आर्यले २२ र शशांक सिंहले १८ रन बनाए । कोलकाताका लागि हर्षित राणाले ३ विकेट लिए । सुनिल नारिन र वरुण चक्रवर्तीले २-२ विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियन कलाकार बो सुक ली : क्यानभासमा अक्षरका माध्यमबाट संसारलाई जोड्दै
-
साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को (तस्बिरहरु)
-
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर
-
कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्
-
हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : प्रचण्ड
-
‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’