युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
काठमाडौँ । ७० को दशकको बहुचर्चित युनिटी घोटाला काण्डमा सर्वोच्च अदालतले सञ्चालकहरूलाई दोषी ठहर गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सञ्चालकहरूलाई दोषी ठहर गर्दै कैद र सजायको फैसला गरेको हो ।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अध्यक्ष काशीराम गुरुङ र सञ्चालकहरू भीमबहादुर गुरुङ, इन्द्रबहादुर बिक, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री महेन्द्र केसी, विष्णुबहादुर क्षेत्रीलाई २ वर्ष ६ महिना कैद र जनही २५ हजार जरिवाना फैसला भएको छ ।
विष्णुबहादुर क्षेत्रीको मृत्यु भइसकेकाले कैद र जरिवाना कट्टा गरिएको छ । महाप्रबन्धक शिशिर योगीलाई १ वर्ष कैद १० हजार जरिवाना गरिएको छ । निर्देशक विश्वनाथ गौतमलाई १ वर्ष कैद १० हजार जरिवाना तोकिएको छ । बिगो यकिन गर्न सरकारले राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गरेर बिगो यकिन गर्नेछ ।
त्यसपछि बिगो दाबी कम्पनीको सम्पत्तिका आधारमा पीडितको रकम फिर्ता गरिने फैसलामा उल्लेख छ । पीडितको रकम फिर्ता गर्न सहजीकरणका लागि फैसला कार्यान्वन निर्देशनालयका उपनिर्देशकलाई जिम्मेवारी दिइने प्रवक्ता कुइँकेलले जानकारी दिए ।
युनिटीका सञ्चालकहरूले पिरामिड आकारको सञ्जाल बनाई ३ लाख ४० हजार सदस्यबाट ३ अर्बभन्दा बढी रकम उठाएर अपचलन तथा घोटाला गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण