विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरीमाथि कारबाही
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो ।
गत चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाडौँमा कार्यरत कर्मचारीहरूले एक युवकमाथि दुर्व्यवहार गरेको भिडियो विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशन भएको थियो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले यस घटनामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘सो सम्बन्धमा सो कार्यमा संलग्न देखिएका ३ जना प्रहरी कर्मचारीहरूलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाई यस काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ,’ प्रहरीद्वारा विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण