अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को औपचारिक घोषणा
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)को औपचारिक घोषणा भएको छ ।
काठमाडौंमा बुधबार एक कार्यक्रम गरी नाइमाले अटोमोबिलिटीको थिङ्क ट्याङ्कको रूपमा काम गर्ने गरि नाइमा)को औपचारिक घोषणा गरेको हो ।
अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा फुटेर नाइमा जन्मिएको हो ।कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले नाइमाले अटो मोबिलिटी सशक्तिकरणको वकालत गर्ने बताइन् ।
उनले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवद्र्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै नाइम अगाडि बढ्ने बताइन् ।
सरकारसँग मिलेर यी उद्देश्य पूरा गर्न काममा लागि पर्ने वैद्यले बताइन् । नाइमाले मोबिलिटीमार्फत विकास सशक्त बनाउने लक्ष्य राखेको र दिगो तथा उद्योगको विकास तथा समृद्धिमा केन्द्रित रहने उनको भनाइ थियोे ।
अध्यक्ष वैद्यले गाडी आयातकर्ता र गाडी उत्पादकको आवाज उठाउन संस्था दर्ता गरेको बताइन्।
त्यस्तै ,सञ्चालक समिति सदस्य सुहृद घिमिरेले कसैसँग द्वन्द्व बढाउने नभई सबैसँग सहकार्य गरी अघि बढ्ने बताए ।
उनले सरकारी निकायले लक्जरी प्रोडक्टको रूपमा परिभाषित गर्दै अटो व्यवसायीलाई अप्ठ्यारो पार्ने गरेकाले नीतिगत लबिङका लागि नाइमाले काम गर्ने उल्लेख गरे ।
नाइमा सञ्चालक समितिमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदायन काब्रा सञ्चालक सदस्य छन् ।
नाइमाले अगस्ट ६ देखि १० गतेसम्म अटो मोबिलिटी एक्स्पो सञ्चालन गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण