आफ्नो बिदाइ खेलमा मेस्सी र रोनाल्डोसँगै यी स्टार खेलाडीलाई खेलाउन चाहन्छन् कार्लोस टेभेज
काठमाडौँ । अर्जेन्टिनी र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी कार्लोस टेभेजले आफ्नो बिदाइ खेलमा समकालीन विश्व फुटबलका दुई महान् हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले सँगै खेल्ने विश्वास व्यक्त गरेका छन् ।
४१ वर्षीय टेभेजले यसका लागि आवश्यक तयारी भइरहेको पनि बताएका छन् । आफ्नो समयका प्रभावशाली स्ट्राइकर टेभेजको बिदाइ खेल ला बम्बोनेरामा खेलिने बताइएको छ । आफ्नो दुई दशक लामो खेल जीवनमा टेभेजले यी दुवै महान् खेलाडीसँग खेल्ने अवसर पाएका थिए ।
मेस्सीसँग टेभेजले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट करिब एक दशक सँगै खेलेका थिए । यी दुई खेलाडीले अर्जेन्टिनी टोलीबाट एकसाथ सन् २००६ र सन् २०१० को फिफा विश्वकप खेलेका थिए । यसका अतिरिक्त मेस्सी र टेभेजले अर्जेन्टिनी टोलीबाट सन् २००७, सन् २०११ र सन् २०१५ को कोपा अमेरिका पनि खेलेका थिए ।
यसैगरी, टेभेजले पोर्चुगिज स्टार रोनाल्डोसँग म्यानचेस्टर युनाइटेडमा करिब दुई वर्ष सँगै खेलेका थिए । रोनाल्डो र टेभेज सन् २००७ देखि सन् २००९ सम्म इङ्लिस प्रिमियर लिग क्लब म्यान युनाइटेडमा सँगै थिए ।
त्यतिबेला रोनाल्डो, टेभेज र वेन रोनी मिलेर म्यानचेस्टर युनाइटेडको अग्रपङ्क्तिमा समाल्थे । टेभेजले रोनाल्डोसँग मिलेर म्यान युनाइटेडलाई थुप्रै सफलता पनि दिलाएका छन् । एक अन्तरवार्ताका क्रममा टेभेजले आफ्नो बिदाइ खेलमा रोनाल्डो र मेस्सीलाई सँगै खेलाउनु आफ्नो सपना रहेको बताएका छन् ।
‘मेस्सी र रोनाल्डो दुवै मेरा असल मित्र हुन् । मेरो बिदाइ खेलमा यी दुई हस्तीलाई सँगै खेलाउने इच्छा छ । यसका लागि तयारी पनि भइरहेको छ । मलाई विश्वास छ, उनीहरूले मेरो यो सपना साकार पार्नेछन्,’ टेभेजले भनेका छन्, ‘बिदाइ खेलका लागि उनीहरूलाई लिन पनि म आफैँ जानेछु ।’
टेभेजले मेस्सी र रोनाल्डोका अतिरिक्त आफ्नो बिदाइ खेलमा वेन रोनी, एडविन भान डेर सार, रियो फर्डिनान्ड, नेमान्जा भिडिक र प्याट्रिस एभ्रालाई पनि सँगै खेलाउने तयारी भइरहेको बताए ।
यसका अतिरिक्त उनले आफ्नो बिदाइ खेलमा जर्जियो चिलानी, लियोनार्दो बोनुची र जियानलुइगी बुफोनलाई पनि खेलाउन चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश आत्मदाह प्रकरणमा बाबुराम भन्छन्– ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने लज्जास्पद चरित्र उजागर
-
गणेशको आत्मदाहले दबाबमा बालेन सरकार, सत्ता पक्षकै नेताले पोखे असन्तुष्टि
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण