चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
काठमाडौं । सरकारले मदिरा, चुरोट र गुट्खाको नयाँ उद्योग खोल्न लाइसेन्स दिने तयारी भन्ने समाचार प्रति उपभोक्ता जागरण अभियान नेपालले आपत्ती जनाएको छ ।
उपभोक्ता जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले विज्ञप्ती जारी गर्दै स्वास्थ्यका लागि हानिकारक मानिएका वस्तु उत्पादनका लागि अनुमति नदिन सरकारलाई सचेत गराएका हुन् ।
अभियानले विभिन्न सञ्चारमाध्यममा आएका सामाचारलाई उदृत गर्दै उद्योगमन्त्री दामोदर भण्डारीले उद्योगीको स्वार्थमा नयाँ उद्योगलाई लाइसेन्स दिने तयारी गरिरहेको दाबी गरेको छ ।
सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न सर्वोच्च अदालतले परमादेश समेत जारी गरेको अवस्थामा अदालतको अवहेलना हुने गरि त्यस्ता उद्योगलाई लाइसेन्स नदिन ध्यानाकर्षण गराएको छ ।
आमउपभोक्ताको जीउ , ज्यान , स्वास्थ्य र सम्पत्तिको संरक्षणमा नेपाल सरकारलाई गम्भीर बनाउन उपभोक्ता जागरण अभियान नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत सचेत गराउने अध्यक्ष मार्सेलीले बताए ।
सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष २७ हजार भन्दा बढी नेपालीले ज्यान गुमाइरहेको तथ्यांक पेश गर्दै भण्डारीले लाईसेन्स वितरणको प्रक्रिया तत्काल रोक्न मन्त्री भण्डारीलाई आग्रह गरेका छन् ।
सुर्तीजन्य पदार्थको सेवनका कारण हुने क्यान्सर, दम, मुटुरोग जस्ता दीर्घ रोगको उपचारमा खर्च हुने ठूलो धनराशीलाई बेवास्ता गर्दै केही सीमित उद्योगीलाई फाइदा हुने गरी यस्ता उद्योग खोल्ने अनुमति दिनु चिन्ताको विषय भएको भन्दै बेलैमा निर्णय सच्याउन विज्ञप्ती मार्फत माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण