साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा
चितवन । जिल्ला कारागार कार्यालय चितवनमा एक वर्षभन्दा कम कैद सजाय पाएर कैद भुक्तान गरिरहेका २९ जनाले मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ११५ को सुविधा लिएका छन् । उनीहरूले सो सुविधाका लागि अदालतले तोकेको कैद सजायअनुसार दैनिक रू तीन सयका दरले रकम जम्मा गरेर कैद भूक्तानी सुविधा लिएका हुन् ।
सो कार्यविधिमा एक वर्ष वा सोभन्दा कम कैद तोकिएका कैदीले कैद बापतको रकम एकमुष्ट जम्मा गरेर सुविधा लिन पाउने व्यवस्था छ । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार चालु आर्थिक वर्षको असोजमा एक जना, मङ्सिरमा एक जना, माघमा १० जना, फागुनमा १० जना र चैतमा सात जनाले यो सुविधिाको प्रयोग गरेका छन् । उनका अनुसार कोभिड–१९ को समयमा यो सुविधा लिएको भए पनि पछिल्ला दिनमा खासै यो सुविधा लिएका थिएनन् ।
यसवर्ष यो सुविधा लिनेको सङ्ख्या बढेको हो । उनले भने, ‘अघिल्ला वर्षमा यो सुविधा लिनेको सङ्ख्या न्यून थियो ।’ यो सुविधाका लागि कसुरदारको उमेर, कसुर गरेको तरिका, आचरण समेतलाई बिचार गरी कारागारमा राख्नु उपयुक्त नदेखिएमा वा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खतरा नदेखिएमा यो सुविधा दिइने गरेको छ । यो सुविधाका लागि कसुरदारले कुनै पनि प्रकारको कसुर नगरी राम्रो आचारण पालना गर्ने छु भनि कागज गर्नुपर्नेछ ।
यसरी सुबिधा लिएर छुटेका व्यक्ति तीन वर्षभित्र कैदको सजाय हुने कसुर गरेमा निजलाई पहिले भएको फैसला बमोजिमको कैदसमेत थपी सजाय कार्यान्वयन गरिने उनले बताए । कारागारमा अहिले सात सय १० जना कैदीबन्दी रहेका छन् । जसमा ६ सय ६७ जना पुरूष र ४३ जना महिला छन् । यस कारागारको क्षमता दुई सय ५५ जना पुरूष र २५ जना महिलाको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण