मकवानपुरको सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते
काठमाडौँ । मकवानपुरमा मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ बिहीबार बिहान करिब ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको उनले बताए । उनका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा संलग्न बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राघव जुयालसँग डेटिङको हल्लामा के भन्छिन् शहनाज गिल ?
-
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान डम्पिङ साइटमा परिणत
-
आईपीओको ‘१० कित्ते’ नीति पुनरावलोकन गर्न अर्थ मन्त्रालयको सुझाव
-
९१ वर्षीय अर्जेन्टिनी पत्रकार, जसले लगातार १८औँ विश्वकपको रिपोर्टिङ गरिरहेका छन्
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण