बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
बिहीबार, ०४ वैशाख २०८२, १० : ५९
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आज तेस्रो दिन पनि सुनुवाइ हुँदै छ ।
गत मंगलबारदेखि विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र विदुर कोइरालाको संयुक्त इजलासमा थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ भइरहेको हो ।
बहस नसकिएपछि मंगलबार र बुधबार मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दामा आज थापाका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण