मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

बिहीबार, ०४ वैशाख २०८२, १० : ५९
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आज तेस्रो दिन पनि सुनुवाइ हुँदै छ । 

गत मंगलबारदेखि विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र विदुर कोइरालाको संयुक्त इजलासमा थापाविरुद्धको भ्रष्टाचार मुद्दामा  सुनुवाइ भइरहेको हो ।

बहस नसकिएपछि मंगलबार र बुधबार मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दामा आज थापाका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप