करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
बिहीबार, ०४ वैशाख २०८२, १२ : २४
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–११ हिरापुरबाट करिब २ सय ४४ किलोग्राम अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका–१ नवलपुर बस्ने २५ वर्षीय सुशिल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा।२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
चोरी गर्न जाँदा चोरिएकै गाडी प्रयोग, युवक पक्राउ
-
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई विभागको निर्देशन
-
पोल्यान्ड र युक्रेनबिच कूटनीतिक टकराव : जेलेन्स्कीको राजकीय सम्मान फिर्ता
-
गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ
-
ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण