कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
भैरहवा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्य सम्पादन, विकास निर्माण र श्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन्। मन्त्रालयद्वारा बिहीबार भैरहवामा आयोजित बेरुजू फर्स्यौट सम्बन्धी कार्यशालालाई सम्बोधनका क्रममा उनले कार्यसम्पादनका क्रममा सके सम्म बेरुजू नै आउन नदिन र आएको भए फर्स्यौटतर्फ समेत ध्यान दिन निर्देशन दिए ।
नागरिकले हरेक सेवामा सुशासन र पारदर्शिता अपेक्षा गर्ने र सरकारले समेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायित्व निर्वाह गर्न समेत आग्रह गरे। कतिपय आयोजनाहरू समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको भन्दै त्यसतर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनु पर्ने बताए ।
नेपाल अहिले निर्माणको चरणमा रहेको भन्दै मन्त्री दाहालले सुरु गरिएका आयोजनाहरू तोकिएकै समयमा पूरा हुने गरी कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीहरूलाई सुझाव दिए । कर्मचारीहरूको कार्यसम्पादनबाट नै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभास दिलाउने गरी काम गर्न उनको आग्रह छ । नेपालमा केही भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाष्यहरू निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तनहरू नागरिक सम्म पुर्याउन जरुरी रहेको बताए ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने दाबी गरे। सडक आयोजनाहरू निर्माण गर्दा सर्वसाधारणलाई सके सम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरी गर्न समेत कर्मचारी तथा प्राविधिकहरूलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरि पोखरेल तथा सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बेरुजू व्यवस्थापन, सडक तथा पुल निर्माण एवम् मर्मतको अवस्था र आवश्यकता लगायतका बारेमा कर्मचारीलाई प्रशिक्षणमूलक जानकारी दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण