राजेश हमाल बेलायत जाँदै
बिहीबार, ०४ वैशाख २०८२, १४ : ३१
काठमाडौँ । अभिनेता राजेश हमाल बेलायत जाने भएका छन् । बेलायतामा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् । २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा आयोजना गर्ने कार्यक्रममा हमालले मनोरञ्जनात्मक प्रस्तुति पनि दिनेछन् ।
यसअघि केही संवाद र नृत्य गर्दै आएका हमालले यो पटक लन्डनमा स्ट्यान्ड अप कमेडी गर्ने बताइन्छ । कार्यक्रममा हमालको अलवा कमेडियन सन्दीप क्षेत्री र अतृप्त ब्यान्डका साथमा गायक नवीन के. भट्टराई पनि सहभागी हुँदैछन् ।
कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको र माया इभेन्टका निर्देशक राज पाण्डेले जानकारी दिए । १२ सय दर्शक क्षमता भएको उक्त हलमा दर्शक भरिभराउ हुने आयोजकको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण