रामबहादुर बमजनले पाए सफाइ
बिहीबार, ०४ वैशाख २०८२, १६ : २८
काठमाडौँ । तपश्वीको परिचय बनाएका रामबहादुर बमजनले यौन दुराचार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् ।
सर्लाहीकी नाबालिका अनुयायी आनीमाथि यौन दुराचार गरेको आरोप उनीमाथि थियो ।
सर्लाही जिल्ला अदालतले यसअघि बमजनलाई दोषी ठहर गरेको थियो । तर, सो फैसला उच्चले उल्ट्याएको हो।
न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताए ।
बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण