काठमाडौँ विश्वविद्यालयसँग सहमतिपछि अखिल क्रान्तिकारीको आन्दोलन फिर्ता
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) ले गरेको आन्दोलन फिर्ता भएको छ । विश्वविद्यालयसँग सहमति भएपछि क्रान्तिकारीले तालाबन्दी र रिले अनशनका कार्यक्रम स्थगित गरेको हो ।
सहमति अनुसार काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पसको विद्यार्थी कल्याण परिषद्को प्रणालीमार्फत हुने चुनाव अब समावेशितासहित प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत बढीमा २ महिना भित्र चुनाव हुने भएको छ । परिषद्को निर्वाचन र सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गर्न विद्यार्थी प्रतिनिधिहरूको कार्यदल गठन गर्ने सहमति भएको छ ।
त्यस्तै विद्यार्थी कल्याण परिषद्को अधिकार भित्र रहेका कुनै पनि कार्यक्रमलाई प्रभाव नपार्ने गरी परिषद्को चुनाव हुन नसकेका कलेजहरूको विद्यार्थीले तिर्ने ईसीएको बजेट प्रयोग नगरी केयू रनिङ शिल्ड सम्पन्न गर्ने सहमति भएको छ । परीक्षा चलिरहेका स्कुलहरूबाट पनि विद्यार्थीहरूको उक्त कार्यक्रममा सहभागिताको लागि सहजीकरण गरिनेछ ।
फार्मेसी विभागका २ ब्याचलाई वञ्चित गरिएको आवश्यकताका आधारमा छात्रवृत्ति प्रदान गर्ने सुनिश्चिततासहित कार्यकारी परिषद्मार्फत अनुमोदन गर्ने सहमति भएको छ ।
त्यस्तै नियम विपरीत गरिएका पदीय नियुक्तिहरुलाई खारेजी वा वैधानिकरण गर्न कार्यकारी परिषद्को ध्यानाकर्षण गराउने समेत सहमति भएको हो । सहमतिपछि क्रान्तिकारीले विगत आठ दिनदेखिको रिले अनशन समेत स्थगित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण