लागुऔषध कारोबारमा संलग्न आमाछोरा पक्राउ
बिहीबार, ०४ वैशाख २०८२, १८ : १८
सुर्खेत । सुर्खेतमा लागुऔषध कारोबारमा संलग्न आमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार वीरेन्द्रनगर नगरपालिका १२ पदमपुरकी ४५ वर्षीय विनिता दर्लामी र उनका २४ वर्षीय छोरा बसन्त दर्लामीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
विनिताको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले बताए ।
उनका अनुसार उनीहरुको साथबाट ३ दशमलव ३४० ग्राम लागुऔषध फेला पारेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण