हेटौँडा अस्पतालको बोर्ड तोडमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
हेटौँडा । हेटौँडा अस्पतालको बोर्ड तोडमाेड गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले धरौटीमा रिहा गरेको छ । बिहीबार प्रक्राउ परेका ६ जनालाई शुक्रबार धरौटीमा रिहा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठको आदेशमा हेटौँडा अस्पतालको बोर्डबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम मेटाएको अभियोगमा पक्राउ परेका हेटौँडा–५ का विशालराज महत, हेटौँडा–४ का सुनिल गिरी, हेटौँडा–६ का सफल अधिकारी, मकवानपुरगढी–५ का राजकुमार घिमिरे, अस्मित अधिकारी र समुन्द्र दाहाललाई रिहा गरिएको हो ।
बिहीबार मात्र उनीहरुलाई पक्राउ गरी ५ दिनको म्याद थप गरिएको थियो । प्रमुख जिल्ला अधिकारीले जनही १ हजार रुपैयाँ जरिवाना तिराएर थुनामुक्त गर्न आदेश दिएपछि प्रहरीले पक्राउ परेकाहरुलाई जनही ७०० रुपैयाँ धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
गत चैत ३१ मा अस्पतालको बोर्ड तोर्डमोड गरेका उनीहरु बिहीबार आफैँ प्रहरीको सम्पर्कमा आएका थिए । हेटौँडा अस्पताललाई प्रतिष्ठनमा गाभ्न नहुने भन्दै उनीहरुले हेटौँडा अस्पतालको बोर्डबाट मदन भण्डारी प्रतिष्ठानको नाम मेटाएका थिए ।
साविक जिल्ला अस्पतालको रुपमा सञ्चालित हेटौँडा अस्पताल संघीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकार अन्तर्गत प्रादेशिक अस्पतालको रुपमा रहेको थियो । प्रदेश सरकारले २०७६ मा प्रतिष्ठानको ऐन जारी गरेर हेटौंडा अस्पताल प्रतिष्ठान मातहतको रहने व्यवस्था गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण