शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईपीएल प्रिभ्यू

हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त

शनिबार, ०६ वैशाख २०८२, १४ : ००
शनिबार, ०६ वैशाख २०८२

जयपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ सिजनमा आज एक दिनमा २ खेल खेलाइँदैछ। दिनको दोस्रो खेलमा, राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सको सामना गर्नेछ। खेल जयपुरको सवाई मानसिंह रंगशालामा साँझ ७:४५ बजे खेलिनेछ।

राजस्थानले अहिलेसम्म ७ खेल खेलेर केवल २ खेल मात्र जितेको छ भने लखनउले त्यति नै खेल खेलेर ४ खेल जितेको छ। 

  • हेड टु हेडमा राजस्थानको अग्रता

आईपीएलमा राजस्थान र लखनउबिच अहिलेसम्म ५ खेल मात्र खेलिएका छन्। राजस्थानले ४ खेल जित्दा लखनउले १ खेल मात्र जितेको छ। 

अहिलेसम्म राजस्थानको घरेलु मैदान जयपुरको सवाई मानसिंह रंगशालामा दुई टोलीबिच २ खेल खेलिएका छन्। यसमा दुवै टोलीले १-१ ले जित हासिल गरेका छन्।

  • राजस्थानका लागि लयमा यशस्वी

राजस्थान रोयल्सका यशस्वी जयस्वाल टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले ७ खेलमा २३३ रन बनाएका छन्। कप्तान सञ्जु स्यामसन दोस्रो नम्बरमा छन्। उनले ७ खेलमा २२४ रन बनाएका छन्। यसमा एक अर्धशतक पनि समावेश छ। 

वानिन्दु हसरंगा टोलीका सर्वाधिक विकेट लिने बलर हुन्। उनले आफ्नो ५ खेलमा जम्मा ७ विकेट लिएका छन्।

  • ओरेन्ज क्यापको दौडमा पूरन अगाडि

लखनउको ब्याटिङमा निकोलस पूरन, मिचेल मार्श र एडेन मार्कराम राम्रो लयमा छन्। पुरन हाल ओरेन्ज क्याप दौडमा अगाडि छन्। उनी सिजनको सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले ७ खेलमा ३५७ रन बनाएका छन्। 

शार्दुल ठाकुर लखनउका लागि सर्वाधिक विकेट लिने बलर हुन्। उनले ७ खेलमा कुल ११ विकेट लिएका छन्।

  • पिच रिपोर्ट

जयपुरको सवाई मानसिंह पिच ब्याट्सम्यानका लागि उपयोगी साबित हुनेछ। टी-२० क्रिकेटमा १८०-१९६ बिचको स्कोर यहाँ सामान्य छ। यो सिजन यहाँ दोस्रो खेल हुनेछ। 

जयपुरमा अहिलेसम्म ५८ वटा आईपीएल खेलहरू खेलिएका छन्। यहाँ पहिले ब्याटिङ गर्ने टोलीले २० खेलमा जित हासिल गरेको छ भने पछ्याउने टोलीले ३८ खेलमा जित हासिल गरेको छ। 

यहाँको उच्चतम टोली स्कोर २१७/६ हो, जुन सनराइजर्स हैदराबादले सन् २०२३ मा राजस्थान रोयल्स विरुद्ध बनाएको थियो।

  • मौसम अवस्था 

खेलको दिन जयपुरमा मौसम धेरै गर्मी हुनेछ। शनिबार यहाँको तापक्रम २८ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहनेछ। पानी पर्ने सम्भावना नै छैन। हावाको गति प्रतिघण्टा ११ किलोमिटर हुनेछ।

सम्भावित प्लेइङ-११ 

राजस्थान रोयल्स: सञ्जु स्यामसन (कप्तान र विकेटकिपर), यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, नितिश राना, वानिन्दु हसरंगा, जोफ्रा आर्चर, महिश थिक्साना, सन्दीप शर्मा, तुषार देशके।

लखनउ सुपर जायन्ट्स: ऋषभ पन्त (कप्तान र विकेटकिपर), हिम्मत सिंह, एडेन मार्कराम, निकोलस पूरन, डेभिड मिलर, अब्दुल समद, शार्दुल ठाकुर, दिग्वेश राठी, आवेश खान, आकाश दीप, रवि बिश्नोई, आयुष बडोनी।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप