काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
शनिबार, ०६ वैशाख २०८२, १४ : १८

काठमाडौँ । शनिबार भारतको काश्मिरमा शक्तिशाली भूकम्प गएको छ । दिउँसो १२ बजेर ३० मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजिकिस्तान सीमामा जमिनको सतहबाट ८६ किलोमिटर गहिराइमा रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
भूकम्पको धक्का दिल्लीसम्म महसुस गरिएको थियो। भूकम्पको धक्का भारतसँगै पाकिस्तान र अफगानिस्तान पनि महसुस गरिएको थियो ।
आजै भारतमा दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । बिहान आसाममा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पका कारण भएकाे मानवीय वा भौतिक क्षतिबारे समाचार आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहराइनलाई हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल
-
महालेखाले उठायो प्रिमियमको आइपीओ अनुमतिमाथि प्रश्न
-
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
-
ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन
-
उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन
-
पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह