सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

बट्लर ३ रनले शतकबाट चुके, दिल्लीमाथि गुजरातको ७ विकेटको जित

शनिबार, ०६ वैशाख २०८२, १९ : ५८
शनिबार, ०६ वैशाख २०८२

नयाँ दिल्ली । जस बटलरको ९७ रनको मद्दतले गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ ।

जारी आईपीएलमा गुजरातले सिजनको पाँचौँ जित दर्ता गर्‍यो भने दिल्लीले दोस्रो हार बेहोर्‍यो । गुजरातका प्रसिद्ध कृष्णले आज ४ विकेट लिए पनि । बटलरले शेर्फान रदरफोर्डसँग शतकीय साझेदारी पनि गरे ।

गुजरातले शुक्रबार नरेन्द्र मोदी रंगशालामा बलिङ गर्ने निर्णय गरेको थियो । दिल्लीले ८ विकेट गुमाएर २०४ रनको लक्ष्य दिएको थियो । आज दिल्लीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । 

उक्त लक्ष्य गुजरातले २० औँ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्‍यो । ९७ रन बनाएका बटलरलाई प्लेयर अफ द म्याचको अवार्ड दिइएको थियो । 

दिनको दोस्रो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सको सामना गर्नेछ। खेल जयपुरको सवाई मानसिंह रंगशालामा साँझ नेपानी समयअनुसार पौने ८ बजे हुनेछ । 

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप