बट्लर ३ रनले शतकबाट चुके, दिल्लीमाथि गुजरातको ७ विकेटको जित
नयाँ दिल्ली । जस बटलरको ९७ रनको मद्दतले गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ ।
जारी आईपीएलमा गुजरातले सिजनको पाँचौँ जित दर्ता गर्यो भने दिल्लीले दोस्रो हार बेहोर्यो । गुजरातका प्रसिद्ध कृष्णले आज ४ विकेट लिए पनि । बटलरले शेर्फान रदरफोर्डसँग शतकीय साझेदारी पनि गरे ।
गुजरातले शुक्रबार नरेन्द्र मोदी रंगशालामा बलिङ गर्ने निर्णय गरेको थियो । दिल्लीले ८ विकेट गुमाएर २०४ रनको लक्ष्य दिएको थियो । आज दिल्लीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् ।
उक्त लक्ष्य गुजरातले २० औँ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्यो । ९७ रन बनाएका बटलरलाई प्लेयर अफ द म्याचको अवार्ड दिइएको थियो ।
दिनको दोस्रो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सको सामना गर्नेछ। खेल जयपुरको सवाई मानसिंह रंगशालामा साँझ नेपानी समयअनुसार पौने ८ बजे हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण