इँटा भट्टाको खाल्डोमा डुबेर पाँच वर्षीय बालकको मृत्यु
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका –५ स्थित जिङडवा गाउँमा रहेको जोश सोना इँटा भट्टामा डुबेर एक पाँच वर्षीय बालकको ज्यान गएको छ । डुबेर ज्यान गुमाउने बालक भारतको बिहार राज्य अन्तर्गत गया जिल्लाको दिउरी गाउँ निवासी शिवम मझीका छोरा सुवजजित कुमार मझी हुन् ।
शुक्रबारदेखि हराइरहेका बालकको शव शनिबार बिहान इँटा भट्टाभित्र रहेको खाल्डोमा पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मझी परिवारसहित भारतको बिहार राज्यबाट आएका करिब १५–२० जना मजदुरहरू सो इँटा भट्टामा काम गर्दै अस्थायी रूपमा बसोबास गर्दै आएका छन् ।
तीन दिनदेखि बालक हराएको भन्दै परिवारले खोजी गरिरहेका थिए । शनिबार बिहान भट्टाको खाल्डोमा बालकको शव देखिएपछि स्थानीयहरूले तत्कालै प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा पठाइएको र परीक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र प्रारम्भिक तथ्यहरूले डुबेर मृत्यु भएको देखिएको प्रहरी स्रोतको भनाइ छ । स्थानीय बासिन्दाहरूले इँटा भट्टा क्षेत्रमा खुला रूपमा रहेका खाल्डोहरूमा आवश्यक सुरक्षा उपाय नअपनाइएका कारण यस्ता दुःखद घटना घट्ने जोखिम रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण