त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको पहिलो बैठकले गर्यो यी महत्वपूर्ण निर्णय
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहिलो बैठकले विभिन्न निर्णयहरू गरेको छ । पदभार ग्रहण गरेपछि पहिलो पटक बसेको स्ववियुको बैठकले विद्यार्थीका आवाज तुरुन्तै सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै पारदर्शिता र सहभागिता सुनिश्चित गर्न स्ववियुका बैठकहरू प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने निर्णय समेत गरिएको स्ववियु अध्यक्ष दिपकराज जोशीले बताए । त्यस्तै स्ववियुले कुनै पनि हालतमा क्याम्पसमा ताला नलगाउने निर्णय गरेको छ । जुनसुकै ढोका पनि ज्ञान र संवादका लागि खुला हुनुपर्छ भन्ने मान्यता राखेर क्याम्पसभित्रका कुनै पनि संस्था, कक्षा वा कोठामा स्ववियुको नाममा ताला नलगाउने निर्णय गरिएको उनको भनाइ छ ।
विश्वविद्यालयका उपकरणहरूको मर्मत–सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गरी सम्बन्धित निकायमार्फत काम अघि बढाउने निर्णय समेत स्ववियुले गरेको हो । विद्यार्थीका हकहितका लागि निरन्तर क्रियाशील रहनु, जवाफदेही हुनु र समावेशी नेतृत्व प्रस्तुत गर्नु आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।
चैत १८ गते भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को तर्फबाट उम्मेद्वारी दिएका जोशी स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए । उनीहरूको पद तथा गोपनियताको सपथ गत शुक्रबार मात्रै भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण