बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल बार एशोसिएशनद्धारा प्रधानन्यायाधीशको ध्यानाकर्षण

आइतबार, ०७ वैशाख २०८२, २० : ४२
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । नेपाल बार एशोसिएशनको नवनिर्वाचित केन्द्रीय कार्यसमिति र सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबीच शिष्टाचार भेटवार्ता भएको छ । शनिबार भएको भेटवार्तामा नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष प्रा.डा. विजय प्रसाद मिश्रले विभिन्न विषयमा प्रधानन्यायाधीश राउतको ध्यानाकर्षण गराएका छन् । 

उनले न्याय परिषद् नियमावली, २०७४ को नियम ११ मा भएको संसोधन तत्काल खारेजी, संसोधित नियमावली खारेजी पश्चात मात्र न्यायाधिसको नियुक्ती गर्नु पर्ने, नेपाल बार एशोसिएशनका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्धको अपहेलना मुद्दाको शीघ्र सुनुवाई गर्नुपर्ने, वरिष्ठ अधिवक्ताले अनिवार्य रुपमा इजलास समक्ष सहयोगी अधिवक्ता लिई उपस्थित हुनुपर्ने, मुद्दा दर्तामा हुने कठिनाई तत्काल समाधान हुनुपर्ने, दोहोऱ्याई पाउँ निवेदनको सुनुवाईको गाम्भिर्यता कायम गरिनुपर्ने विषयमा प्रधानन्यायाशीध राउतको ध्यानाकर्षण गराएका हुन् ।

त्यसक्रममा उनले कानून व्यवसायीले स्थगित गरेको मुद्दा भन्दा माथिल्लो क्रमको मुद्दा हेर्न नभ्याउने भई आदेश हुँदा सो पश्चातको मुद्दामा समेत पटक कायम हुने गरेको विषय, जिल्ला अदालतहरुमा म्याद थपको क्रममा हुने सुनुवाई प्रभावकारी नभएको विषय, हेर्दा हेर्दैको मुद्दामा समेत प्रमाण बुझ्ने आदेश भई सोही इजलासमा मुद्दा पेश गर्ने गरी भएको आदेश, न्याय प्राप्ति भन्दा लगतमुखि भएको, जेथा जमानतमा एकरुपता नभएको लगायतका विषयहरुमा समेत प्रधानन्यायाधीश राउतको ध्यानाकर्षण गराइएको नेपाल बार एशोसिएशनद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्रधानन्यायाधीश राउतले संवैधानिक दायरा भित्र रही न्यायपालिका सुधारको लागि आफु जुनसुकै कदम चाल्न तयार रहेको त्यसक्रममा बताएका थिए । नेपाल बार एशोसिएशनको जायज माग र गुनासा सम्बोधन गर्न आफु सदैव तत्पर रहेको समेत प्रधानन्यायाधीश राउतले बताए । 

आगामी दिनमा बार बेञ्च समन्वय समिति मार्फत आएका समस्याहरुलाई आपसी सहमतिमा समाधान गर्दै आफु न्यायपालिका सुधारको लागि तयार रहेको जानकारी गराए । 

त्यसैगरी निवर्तमान अध्यक्ष विरुद्धको अपहेलना मुद्दा प्राथामिकता दिई सुनुवाई गर्ने समेत प्रधानन्यायाधीश राउतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप