वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध शानदार जित हासिल गरेको छ । आइतबार राती भएको ३८ औं खेलमा मुम्बई ९ विकेटले विजयी भयो । यो जितसँगै मुम्बईले आठ खेलबाट आठ अंक जोडेको छ । समान खेलबाट चार अंक बटुलेको चेन्नई भने दशौं नम्बर अर्थात् पुछारमा छ ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको चेन्नईले मुम्बईसामु १७७ रनको चुनौति पेश गरेकामा १५ ओभर ४ बलमा मात्र एक विकेट गुमाएर पार गर्यो ।
मुम्बईका लागि ओपनर रायन रिकलटन २४ रनमा आउट भए । रोहित शर्मा र सूर्यकुमार यादवले सानदार प्रदर्शन गरेसँगै मुम्बईले सहज तथा शानदार विजयको रस्वादन गर्न पायो ।
४५ बल खर्चिएका रोहितले चार चौका र ६ छक्का प्रहार गर्दै व्यक्तिगत ७६ रन बनाए । सूर्यले ३० बलमा ६ चौका र पाँच छक्काको मद्दतले ६८ रन जोडे । जो अविजित रहे ।
वानखेडेमा पहिले व्याटिङ गरेको चेन्नईले ५ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । चेन्नईका रवीन्द्र जडेजाले अविजित रहँदै सर्वाधिक ५३ रन बनाउँदा शिवम दुबेले अर्धशतक अर्थात् ५० रन बनाए । आयुष म्हात्रे ३२ र शेख रशिद १९ रनमा आउट भए । मुम्बईका जसप्रीत बुमराहले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण