बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार बेलुका ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
शिक्षकको माग सम्बोधन हुन नसकेपछि शिक्षामन्त्री विद्या भण्डारीले राजीनामा दिएको केहीबेरपछि बैठक सुरु भएको हो। सो बैठकबाट शिक्षकहरुको मागका सम्बन्धमा मन्त्रिपषिद्ले निर्णय गर्ने अपेक्षा गरिएको छ ।
उसो त भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरुको मागका सम्बन्धमा सरकार दबाबमा परेको छ । सरकारले शिक्षकहरुको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरेपनि शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सदा झैं अनुशासन र मर्यादा कायम राखेर संयम सहित आन्दोलनमा निरन्तर गरिरहने बताए । माग पूरा नहुँदासम्म माइतीघर क्षेत्रमा निरन्तर आन्दोलन रहने उनको भनाइ थियो ।
तर, सरकारले भने संसद बैठक वैशाख १२ गतेका लागि आह्वान भइसकेको सोही अधिवेशनबाट शिक्षा विधेयक पारित गर्ने आश्वासन दिँदै आएको छ । सरकारले यस्तो आवश्वासन दिएपनि ऐन नपाउँदासम्म आन्दोलन नरोकिने सुवेदीको भनाइ छ ।
सोहीअनुसार सोमबार २० औँ दिनको आन्दोलन भएको र अझैपनि उनीहरुको माग पूरा नहुने अवस्था बनेसँगै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी हुन् ।
उनले राजीनामा दिएसँगै सरकार र प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा परेका हुन् ।
बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण