दाङमा ८३ वर्षीय पुरुषले आफैँमाथि चलाए गोली, घटनास्थलमै मृत्यु
सोमबार, ०८ वैशाख २०८२, २२ : ११

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मोतिपुरमा एक जना पुरुषले आफैँलाई गोली प्रहार गरेका छन् । ८३ वर्षीय नारायण आचार्यले बाह्रबोर बन्दुकले आफ्नै बायाँ छातीमा प्रहार गरेका हुन् ।
सो हतियारको लाइसेन्स रहेको भेटिएको छ । आफैँमाथि गोली प्रहार गरेका आचार्यको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जनार्दन जिसीले रातोपाटीलाई बताए । आचार्य रेडक्रस दाङका पूर्व अध्यक्ष हुन् । उनले आफैँमाथि गोली चलाउनुको कारण नखुलेको एसएसपी जिसीले बताए । उनले भने, ‘त्यसबारे हामी अनुसन्धान गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि