दाङमा ८३ वर्षीय पुरुषले आफैँमाथि चलाए गोली, घटनास्थलमै मृत्यु
सोमबार, ०८ वैशाख २०८२, २२ : ११
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मोतिपुरमा एक जना पुरुषले आफैँलाई गोली प्रहार गरेका छन् । ८३ वर्षीय नारायण आचार्यले बाह्रबोर बन्दुकले आफ्नै बायाँ छातीमा प्रहार गरेका हुन् ।
सो हतियारको लाइसेन्स रहेको भेटिएको छ । आफैँमाथि गोली प्रहार गरेका आचार्यको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जनार्दन जिसीले रातोपाटीलाई बताए । आचार्य रेडक्रस दाङका पूर्व अध्यक्ष हुन् । उनले आफैँमाथि गोली चलाउनुको कारण नखुलेको एसएसपी जिसीले बताए । उनले भने, ‘त्यसबारे हामी अनुसन्धान गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण