‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’
काठमाडौँ । एमाले नेता विष्णु रिजालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाको निहुँमा प्रधानमन्त्री केपी शर्मामाथि नियोजित रूपमा आक्रमण भएको तर्क गरेका छन् ।
समस्याका बिचमा पद छाडेकी भट्टराईको देवत्वकरण गर्ने र उनलाई मन्त्री बनाउने अनि सबैतिर मिलाएर समस्या समाधानमा प्रयत्नरत प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक भएको उनको भनाइ छ ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिएको’ भनिन्छ । जे कारण होला, उहाँले पदमा रहन चाहनुभएन । यही निहुँमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित छ । समस्याका बिचमा पद छाड्नुभएकी मन्त्रीको देवत्वकरण गर्ने र उहाँलाई मन्त्री बनाउने अनि सबैतिर मिलाएर समस्या समाधानमा प्रयत्नरत प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक छ ।’
शिक्षकको समस्या समाधान नभएपछि भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण