सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’

मङ्गलबार, ०९ वैशाख २०८२, ११ : ३७
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । एमाले नेता विष्णु रिजालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाको निहुँमा प्रधानमन्त्री केपी शर्मामाथि नियोजित रूपमा आक्रमण भएको तर्क गरेका छन् । 

समस्याका बिचमा पद छाडेकी भट्टराईको देवत्वकरण गर्ने र उनलाई मन्त्री बनाउने अनि सबैतिर मिलाएर समस्या समाधानमा प्रयत्नरत प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक भएको उनको भनाइ छ । 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिएको’ भनिन्छ । जे कारण होला, उहाँले पदमा रहन चाहनुभएन । यही निहुँमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित छ । समस्याका बिचमा पद छाड्नुभएकी मन्त्रीको देवत्वकरण गर्ने र उहाँलाई मन्त्री बनाउने अनि सबैतिर मिलाएर समस्या समाधानमा प्रयत्नरत प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक छ ।’

शिक्षकको समस्या समाधान नभएपछि भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप