एकताबद्ध एनआरएनएका लागि नेतृत्व लिन तयार छु: आरके शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता राजेन्द्र कुमार शर्मा (आरके)ले संस्थालाई एकताबद्ध बनाउने कार्यमा आफू नेतृत्व लिन तयार रहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघको मे ३ देखि ५ सम्म काठमाडौँमा तय भएको एकता महाधिवेशन नजिकिँदै गर्दा शर्माले एकताबद्ध एनआरएनएमा जोड दिए ।
पूर्वअधयक्ष शेष घलेले एकता महाधिवेशन गराउन लागिपर्दा सचिवालयबाट कामकारबाही गर्दै आएको बद्री केसी समूह अक्टोबरमा महाधिवेशन गर्ने अडानमा रहेकै बेला शर्माले सबैले आफ्नो अडान छाडेर सहमतिका लागि इमानदार ढंगले प्रस्तुत हुनुपर्ने धारण राखेका हुन् ।
एकताबद्ध एनआरएनएकै लागि आफू मेमा महाधिवेशन हुनुपर्छ भन्नेमा सहमत रहेको उल्लेख गर्दै शर्माले मन माझामाझ गरेर अब सबै मिल्ने बोटमा अघि बढ्न ढिला गर्न नहुने बताए ।
उनले भने, ‘विश्वभरका गैरआवासीय नेपालीले एकता चाहेका छन् । कोही पनि अब एकताको बाटोबाट दायाँबायाँ गर्नुहुन्न । म एकताका लागि इमानदार छु र एकताबद्ध एनआरएनए निर्माणका लागि नेतृत्व लिन पनि तयार छु।’
यद्यपि एकता महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने नदिने विषयमा भने उनले औपचारिक रुपमा घोषणा गरिसकेका छैनन् । तपाईँको उम्मेदवारी के हुन्छ भन्ने प्रश्नमा उनले अहिले निर्णय लिइनसकेको र सबै एनआरएनए अग्रज र सहकर्मीहरुको राय सुझावका आधारमा आफू अघि बढ्ने बताए ।
सर्वोच्चले एनआरएनएको विवादको सन्दर्भमा एकताको महाधिवेशन गर्न परमादेश दिनुअघि भएको ११ औँ महाधिवेशनमा उनी अध्यक्षको उम्मेदवार थिए । तर, उक्त निर्वाचन विवादित भएसँगै उनले अर्का उम्मेदवार महेश श्रेष्ठसमेतको सहयोगमा बद्री केसी विरुद्ध अको समिति बनाएका थिए । यसम्बन्धमा अझै सर्वोच्चमा मुद्दा विचाराधीन रहेको छ ।
बद्री केसीसँग विवाद चलिरहेकै बेला शर्माले एकता महाधिवेशनको पक्षमा भने बलियो साथ दिएका छन् ।
एनआरएनएको एकता महाधिवेशन कुनै पनि हालतमा तोकिएको मितिमा हुने महाधिवेशन गराउने जिम्मेवारी पाएका डा शेष घलेले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण