माओवादी लुकिङ लण्डन, टकिङ टोकियो : घनश्याम भुसाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको आरोप लगाएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले माओवादी अहिलेको सरकार हटाएर काँग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताएका हुन् ।
उनले कांग्रेस लायक पार्टी नभएको आरोप लगाउनु भयो । उनले माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गरे ।
उहाँले भन्नुभयो, ‘मैले पटक पटक भन्ने गरेको छु, काँग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो । त्यो अरू नालायक भए भने लायक भएर देखिन्छ, अरू लायक भए भने त्यसको महत्त्व नै रहँदैन । अर्को एउटा क्रान्तिकारी हाम्रो सहयात्री पार्टी छ । नेकपा (माओवादी केन्द्र) । माओवाद भनेर नाम राखेको छ । के हो माओवाद ? व्याख्या पनि गर्न सक्दैन । किन राखेको हो थाहा छैन । लुकिङ लण्डन, टकिङ टोकियो । माओवाद भनेको यता हेरेर उता कुरा गर्ने । सिद्धान्त कता हो थाहा छैन । के सन्दर्भमा छ ? माओवादबाट हेर्दा समाज, भूराजनीति के कता देखिन्छ ? अर्कै देखिन्छ । त्यस्तो सिद्धान्त लिएर हिँडेको छ । त्यसले क्रान्ति गर्नै सक्दैन । त्यसले यस्तै गर्दछ, हाम्रा बलमा गणतन्त्र आयो, गणतन्त्र हामीले ल्याएको हो, यो हामीले ल्याएको हो त्यसैले यसको भोग पनि हामीले गर्न पाउनुपर्छ । तर्क प्रणाली यही हो । मधेस यात्रामा छ आँखा काठमाडौँमा छ । कहिले यो सरकार गएर काँग्रेस आओस् भन्छ, साँच्चै अहिलेको काँग्रेस नेतृत्वको सरकार बनेर यो समस्या समाधान हुने हो ? एउटा जिम्मेवार मान्छेले बोल्दा त्यस्तो भन्छ ।’
उनले प्रधानमन्त्रीको विरुद्धमा अहिले देशभर नै नारा लागिरहेको भन्दै जनतामा विश्वास नरहेको जिकिर गरे । त्यसको जवाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद भएको बताए ।
महासचिव भुसालले देश डुबिरहे पनि दलाल पुँजीपतिहरू फाइदामा रहेको बताए । उनले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण