९ महिनामा ३१ अर्बको तरकारी आयात
काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको ९ महिनामा ३१ अर्ब बराबरको तरकारी आयात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा ३१ अर्ब ५२ करोड ९ लाख ४ हजार रुपैयाँको तरकारी आयात भएको भन्सार विभागले जनाएको छ ।
सो समयावधिमा ४ करोड ८२ लाख १६ हजार रुपैयाँको तरकारी निर्यात पनि भएको छ । तरकारीमा नेपालले ३१ अर्ब ११ करोड २६ लाख ८८ हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्यांक छ ।
सो अवधिमा सरकारले तरकारी आयात गर्दा ६ अर्ब ३ करोड ९२ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट आलु, ब्याज, फलफूल तथा हरियो तरकारीहरू आयात हुँदै आएको छ ।
उपत्यका छेउछाउका जिल्ला, भारत, चीन, भुटान लगायत विभिन्न स्थानबाट काठमाडौँ उपत्यकामा तरकारी आपूर्ति हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भारतबाट ३९.२० प्रतिशत, भुटानबाट ०.०२ प्रतिशत, चीनबाट ०.१२ प्रतिशत र अन्य क्षेत्रबाट १.४२ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति भएको जनाएको छ । बाँकी नेपालका विभिन्न जिल्लाबाट तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण