नयाँ राजनीतिक दलबारे प्रधानमन्त्रीको टिप्पणी: चलाउन नजान्ने ड्राइभरलाई जिम्मा दिन सकिँदैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलहरूप्रति लक्षित गर्दै देशको नेतृत्व गर्ने जिम्मा दिन नसकिने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गाडी चलाउन नजान्ने ड्राइभरलाई चलाउने जिम्मा दिन नसकिने तर्क गरेका हुन् ।
उनले राजनीति गर्नेहरूले राजनीति गर्न नहुने र राजनीति गर्न नजान्नेलाई राजनीति गर्न दिनुपर्ने कुरा नसुहाउने बताए । उनले राजनीति बुझेका व्यक्तिलाई राजनीतिक डुङ्गा चलाउन नदिँदा डुङ्गा डुब्ने खतरा रहेको बताए ।
उनले भने । राजनीति कसरी गर्न खोजेका छन्, देख्नुभएन । राजनीति गर्नेहरूले राजनीति गर्न हुँदैन अरे । माझीलाई डुङ्गा चलाउन नदिने, म चलाउँछु भनेर बगाइदिने, घोप्टाइदिने, डुबाइदिने । ड्राइभरलाई गाडी चलाउन नदिने, सिक्दै नसिकेका मान्छे आएर यसले चलाएन, यो बुढो ड्राइभर, यसले पहिलेदेखि चलाएको छ । यो २० वर्ष भयो चलाएको कहाँ पाउँछ, म अब सिटमा बसेर चलाउँछु भन्छ । कहिल्यै चलाएको छैन । त्यसले के हुन्छ ? त्रिशूलीमा खसाल्दैन । त्रिशूलीमा पुर्याउँदै, पुर्याउँदैन यहीँ परतिर खसालिहाल्छ नि । यस्ताहरूलाई जिम्मा दिन सकिन्छ ? जसले मेसिन चलाएको छैन, उसले मेसिन चलाउने, सेफलाई खाना बनाउन नदिने, अनि अनाडी कहिल्यै आमाले बनाएको चियाबाहेक आफूले एक कप चिया बनाएर पनि नखाएकोले म खाना बनाएर खुवाउँछु भनेर चामल पनि डढाउँछ, दाल पनि तरकारी पनि डढाउँछ । नुन हाल्दैन, बेसार नै बेसार बनाउँछ । काम लाग्छ ? नयाँ पनि हामीले देख्यौँ ।’
उनले नेकपा एमालेलाई महाप्रलयका साथ हमला गर्दा पनि एमाले माथि उठेर देशको प्रमुख राजनीतिक दल भएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘नेकपा एमाले यस्तो शक्ति हो । एउटा त यस्तो महाप्रलयका साथ हमला गर्दा सकिएन त । प्रमुख पार्टीको रूपमा आयो त बुझ्नु पर्दैन अझै । अझै पनि ट्याईं ट्याईं गर्छन् । भुँइफुट्टाहरूले ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण