५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?

काठमाडौँ । सरकारले फागुन १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै कोटा हटाएपछि सुपारी आयात ह्वात्तै बढेको छ ।
लामो समयदेखि सुपारी कोटामा आयात हुँदै आएको थियो ।
२०८१/८२ को (चैत मसान्तसम्म) नौ महिनामा ५८ करोड ८३ लाख १० हजार रुपैयाँको ४२ लाख २२ हजार ४५९ किलो सुपारी आयात भएको भन्सार विभागले जनाएको छ । त्यसबाट १ अर्ब ४२ करोड ६२ लाख २६ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।
सुपारीको भन्सार महसुल प्रतिकिलो १०० रुपैयाँ, अन्तःशुल्क १०० रुपैयाँका अतिरिक्त मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत गरी जम्मा करिब २४० रुपैयाँ शुल्क छ । त्यसैले राजस्व संकलन बढी भएको देखिन्छ ।
उक्त परिमाणमा आयात हुँदा निर्यात भने १८ हजार रुपैयाँ बराबर अर्थात् १० किलो मात्र भएको विभागको तथ्यांकले देखाउँछ ।
बाहिरी मुलुकबाट सुपारी आयात गरी भारततर्फ तस्करी हुने तर नेपालमा उत्पादित सुपारी बिक्री नहुने समस्या लामो समयदेखि छ । तस्करी बढेको भन्दै २०७६ चैत २४ गते सरकारले सुपारी निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ (१) बमोजिम वस्तु आयातमा रोक लगाएको थियो । स्वदेशी उत्पादन सुपारी निर्यात गर्नुपर्नेमा विदेशबाट आयात गरी भारततर्फ तस्करी गर्न आयात खुला गरेको सुपारी उत्पादकहरूको आरोप छ ।
यो पनि
एक महिनामै १० करोडको सुपारी आयात
एक महिनामै १० करोड रुपैयाभन्दा बढीको सुपारी आयात भएको छ । विभागका अनुसार २०८२ चैतमा १० करोड ८५ लाख ४३ हजार रुपैयाँको सुपारी आयात भएको छ । चैत महिनामा मात्रै उक्त मूल्य बराबरको ६ लाख ६७ हजार ५०० किलो सुपारी आयात हुँदा १६ करोड ६५ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जबकि फागुनमा २ करोड ९७ लाख ६१ हजार रुपैयाँको १ लाख ७० हजार किलो सुपारी आयात भएको थियो ।
उक्त परिमाणमा सुपारी आयात हुँदा ४ करोड २७ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । माघमा ३ करोड २२ लाख ३५ हजार रुपैयाँको २ लाख २४ हजार किलो सुपारी आयात हुँदा ५ करोड ५४ लाख ८ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
यसअघि साउन र भदौमा पनि १०/१० करोड रुपैयाँको सुपारी आयात भएको थियो । त्यसपछि असोजमा ह्वात्तै घटेर ७१ लाख, कात्तिकमा ७३ लाख बराबरको आयात भएको थियो । फेरि मंसिर–पुसमा आयात बढेको थियो । माघ र फागुनमा फेरि आयात घट्यो भने चैतमा फेरि ह्वात्तै बढेको छ ।
कुन महिनामा कति भित्रियो सुपारी ?
विभागका अनुसार साउन, भदौ र चैतमा सबैभन्दा धेरै सुपारी आयात भएको देखिएको छ । साउनमा १० करोड ८५ लाख २४ हजार रुपैयाँ बराबरको ८ लाख ४९ हजार किलो सुपारी आयात भएको छ । उक्त परिमाणमा सुपारी आयात हुँदा २० करोड ८३ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
भदौमा मात्रै १० करोड ५ लाख ६३ हजार रुपैयाँको ८ लाख ३० हजार किलो सुपारी आयात भएको छ । यो महिना २० करोड ४२ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तो छ सुपारी आयातको अवस्था
असोजमा ७१ लाख ४७ हजार रुपैयाँको ३५ हजार ४ सय १९ किलो सुपारी आयात हुँदा ९० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने कात्तिकमा ७३ लाख २० हजार रुपैयाँको ३६ हजार किलो सुपारी आयात हुँदा ९१ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
मंसिरमा ९ करोड ६२ लाख ५९ हजार रुपैयाँको ६ लाख ६६ हजार ५ सय ४० किलो सुपारी आयात हुँदा १६ करोड ४५ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने पुसमा ९ करोड ७९ लाख ५७ हजार रुपैयाँ बराबरको ७ लाख ४४ हजार किलो सुपारी आयात हुँदा १८ करोड २४ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
माघमा ३ करोड २२ लाख ३५ हजार रुपैयाँको २ लाख २४ हजार किलो सुपारी आयात हुँदा ५ करोड ५४ लाख ८ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ । फागुनमा २ करोड ९७ लाख ६१ हजार रुपैयाँको १ लाख ७० हजार किलो सुपारी आयात हुँदा ४ करोड २७ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने चैतमा १० करोड ५८ लाख ४३ हजार रुपैयाँको ६ लाख ६७ हजार ५ सय किलो सुपारी आयात हुँदा १६ करोड ६५ लाख ९४ हजार रुपैयाँबराबर राजस्व संकलन भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
-
गल्ती भएका कुरामा सुध्रिन तयार छौँ : उपसभापति खड्का
-
बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण
-
भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेको राजनीतिक भेटघाट तीव्र
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक