मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
बिहीबार, ०५ असार २०८२, १७ : ३२
सारांश
- मकवानपुरको थाहा नगरपालिका-१ मा एक महिलाको हत्या भएको छ।
- ५० वर्षीया तुलमाया गोपालीलाई छिमेकी देवर विमलमान गोपालीले हत्या गरेको आरोप छ।
- प्रहरीले विमलमानलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ, धारिलो हतियार प्रयोग भएको थियो।
काठमाडौँ । मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छालमा एक जना महिलाको हत्या भएको छ । बिहीबार मध्यान्ह ५० वर्षीया तुलमाया गोपालीलाई उनकै छिमेकी देवरले हत्या गरेका हुन् ।
हत्यामा संलग्न आरोपमा ३५ वर्षीय विमलमान गोपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट तुलमायाको टाउको र शरीर छुट्टिएको छ । हत्यामा संलग्न विमलमान गोपाली मृतकका देवर नाता पर्छन् । घटनाबारे जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण