मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
बिहीबार, ०५ असार २०८२, १७ : ३२

समाचार सारांश
- मकवानपुरको थाहा नगरपालिका-१ मा एक महिलाको हत्या भएको छ।
- ५० वर्षीया तुलमाया गोपालीलाई छिमेकी देवर विमलमान गोपालीले हत्या गरेको आरोप छ।
- प्रहरीले विमलमानलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ, धारिलो हतियार प्रयोग भएको थियो।
काठमाडौँ । मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छालमा एक जना महिलाको हत्या भएको छ । बिहीबार मध्यान्ह ५० वर्षीया तुलमाया गोपालीलाई उनकै छिमेकी देवरले हत्या गरेका हुन् ।
हत्यामा संलग्न आरोपमा ३५ वर्षीय विमलमान गोपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट तुलमायाको टाउको र शरीर छुट्टिएको छ । हत्यामा संलग्न विमलमान गोपाली मृतकका देवर नाता पर्छन् । घटनाबारे जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
-
ग्वार्को ओभरपास : अल्पकालीन राहत तर दीर्घकालीन समाधानका लागि सोचौँ
-
स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने लक्ष्यमा नेपाल
-
कर्णाली आन्तरिक आम्दानीमा निरन्तर कमजोर
-
पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार