घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण
सारांश
- पौरखी नेपालले श्रममन्त्रीको ध्यानाकर्षण गराउँदै घरेलु श्रमिक सम्बन्धी महासन्धि १८९ अनुमोदन गर्न माग गरेको छ।
- अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको अवसर पारेर पौरखी नेपालले उक्त महासन्धि अनुमोदनका लागि ध्यानाकर्षण गराएको हो।
- घरेलु श्रमिकको अधिकार सुनिश्चित नहुँदा उनीहरू श्रम शोषण, मानव तस्करी, यौन शोषण, ज्यालामा विभेद लगायतका समस्याबाट पीडित छन्।
काठमाडौँ । पौरखी नेपालले घरेलु श्रमिक सम्बन्धी महासन्धि १८९ अनुमोदन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको ध्यानाकर्षण गराएको छ । श्रममन्त्री शरतसिंह भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को महासन्धि १८९ (डोमेस्टिक वर्कर्स कन्भेन्सन, सी–१८९) अनुमोदन गर्न माग गरेको हो ।
आज अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको अवसर पारेर विश्वभर विभिन्न कार्यक्रम मनाईंदैछ । दिवसको अवसर पारेर पौरखी नेपालले उक्त महासन्धि अनुमोदनका लागि श्रम मन्त्रीको ध्यानाकर्षण गराएको हो ।
घरभित्र सेवा प्रदान गर्ने श्रमिकहरूलाई विश्वभर श्रमिकको रूपमा आधिकारिक मान्यता दिने उद्देश्यले सन् २०११ मा आईएलओले महासन्धि सी–१८९ पारित गरेको थियो । आजसम्म यो महासन्धिमा विश्वका ३७ देशले मात्र अनुमोदन गरेको छ । एसियाबाट फिलिपिन्सले मात्रै अनुमोदन गरेको हो ।
नेपालले अझैसम्म यो महासन्धि अनुमोदन नगर्नु श्रम अधिकार प्रति नेपालको प्रतिबद्धता कमजोर भएको स्पष्ट सङ्केत देखिएको पौरखी नेपालको ठहर छ । नेपालबाट वैदेशिक रोजगारीमा गएका मध्ये उल्लेख्य सङ्ख्यामा महिला श्रमिकहरू घरेलु (स्याहार) श्रममा संलग्न रहेको पौरखीले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
खाडी मुलुक, मलेसिया तथा अन्य गन्तव्य राष्ट्रमा घरेलु श्रमिकका रूपमा पुग्ने महिलाहरू बढी असुरक्षित, अनौपचारिक, अमर्यादित र विभेदयुक्त अवस्थाको सामना गरिरहेको पौरखी नेपालकी अध्यक्ष सत्रकुमारी गुरुङको नाममा जारी गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
घरेलु श्रमिकको अधिकार कानुनी रूपमा सुनिश्चित नहुँदा उनीहरू श्रम शोषण, मानव तस्करी, यौन शोषण, ज्यालामा विभेद, करारविहीन काम र सामाजिक सुरक्षाबाट वञ्चित भइरहेको उनको भनाइ छ ।
उक्त महासन्धि पारित गर्ने विषयमा पौरखी नेपालले विभिन्न ८ बुँदे माग अघि सारेको छ । महासन्धि सी–१८९ तत्काल अनुमोदन गरी घरेलु श्रमिकलाई श्रम अधिकारको पूर्ण उपभोग गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।
हाल विद्यमान अनौपचारिक, असुरक्षित, अमर्यादित र शोषणयुक्त घरेलु (स्याहार) श्रम प्रणालीलाई औपचारिक नीतिगत संरचनामा समेटी, सुरक्षित, मर्यादित र सम्मानजनक श्रमको रूपमा रूपान्तरण गर्न समेत माग गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण