काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट मैदान निर्माण सुरु गरिएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु आठ लाख बजेटमा यहाँ क्रिकेट खेलमैदान निर्माणको काम सुरु गरिएको हो ।
जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रूपन राईले यहाँ आठ रोपनी जग्गा व्यवस्थापन गरेर ‘लफ्याङ सिरान क्रिकेट खेलमैदान’ निर्माणको काम सुरु गरिएको जानकारी दिए ।
निर्माणाधीन खेलमैदानको लम्बाइ ८७ मिटर र चौडाइ ५७ मिटरको हुनेछ । खेलमैदानका लागि स्थानीय मझुवा सेवा समाजले पाँच रोपनी आठ आना जग्गाको व्यवस्थापन गरेको छ ।
यस्तै, डाँडाबारीका गोविन्द कटवालले एक रोपनी, खड्गबहादुर कटवालले एक रोपनी र धनमायाँ कटवालले आठ आना जग्गा निःशुल्क प्रदान गरेका सङ्घका अध्यक्ष राईले बताए ।
क्रिकेट खेल मैदान निर्माणका लागि प्रतिरोपनी रु एक लाख दश हजारको दरले जग्गा खरिद गरेर क्रिकेट सङ्घलाई उपलब्ध गराइएको मझुवा सेवा समाजका सदस्य भूपराज कटवालले बताए । उनका अनुसार जग्गा खरिदका लागि समाजका सदस्यहरूले सहयोग सङ्कलन गरेका थिए ।
वडाध्यक्ष दिनेश घिमिरेले खेलमैदानका लागि आवश्यक थप छ रोपनी जग्गा जुटाउन वडा नम्बर ५ कार्यालयले पहल गर्ने बताए ।
निर्माणाधीन क्रिकेट मैदानसम्म पुग्ने करिब ८५ मिटर सडक निर्माणका लागि स्थानीय ताराकुमार कटवालले पनि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको सङ्घका अध्यक्ष राईले जानकारी दिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री