नारायणको बार आज कुन राशिलाई कति फलदायी ?

आज विक्रम संवत २०८२ साल वैसाख १० गते, बुधबार । ईश्वी सन् २०२५ अप्रिल २३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख कृष्णपक्ष । तिथि– दशमी, १६ घडी ९ पला, दिउसो १२ बजेर १ मिनेट उप्रान्त एकादशी । नक्षत्र–धनिष्ठा, ५ घडी ४८ पला, बिहान ७ बजेर ५२ मिनेट उप्रान्त शतभिषा । योग–शुक्ल, २४ घडी ० पला, दिउसो ३ बजेर १० मिनेट उप्रान्त ब्रम्ह । करण–भद्रा, दिउँसो १२ बजेर १ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर २३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २६ पला ।
आजको बार बेला
- बिहान ५ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
- बिहान ५ बजेर ३५ मिनेटदेखि बिहान ७ बजेर ११ मिनेटसम्म अमृत बेला ।
- बिहान ७ बजेर १२ मिनेटदेखि बिहान ८ बजेर ४८ मिनेटसम्म काल बेला ।
- बिहान ०९ बजेर ४९ मिनेटदेखि बिहान १० बजेर २६ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर २७ मिनेटदेखि बिहान १२ बजेर ३ मिनेटसम्म रोग बेला ।
- मध्यान्ह १२ बजेर ४ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म उद्धेग बेला ।
- दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर १८ मिनेटसम्म चर बेला ।
- दिउँसो ४ बजेर १९ मिनेटदेखि बेलुकी ४ बजेर ५५ मिनेटसम्म लाभ बेला ।
- बेलुकी ४ बजेर ५६ मिनेटदेखि बेलुकी ७ बजेर ५५ मिनेटसम्म उद्धेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १२ बजेर ३ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहुर्त
बिहान ३ बजेर ५९ मिनेटदेखि बिहान ४ बजेर ४७ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारी साधन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ । व्यापार वा शेयरबजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन विचारको प्रयोगमार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । कार्यक्षेत्रमा तपाईंको कामको उच्च सम्मान गरिनेछ । शेयरबजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सन्तानको प्रगति देख्न पाइने तथा वंश बृद्धिको योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नोकरीमा पदोन्नति हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम बढे पनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामूहिक लगानी कर्ता भेला पारी सुरु गरिने व्यापार व्यवसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैया पैसा कमाउन सकिने तथा जीवनस्तर सहज रुपमा अगाडि बढाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विवाद तथा प्रतिष्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वस्फूर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाइको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरि सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईंको कामदेखि सबै खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भें) उद्योग, शेयरबजार तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानातिना समस्या देखिए पनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरुभन्दा अगाडि बढ्न सकिनेछ । दाजुभाइले तपाईंको काममा सहयोग गर्ने हुनाले ठूला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तिको योग रहेकोछ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । धार्मिक तथा मनोरञ्जानात्मक यात्राको तय हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, ध्यान दिनुहोला । लामो दुरीको यात्राको तय गर्न सकिने भए पनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैयाँ पैसा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समितिले भ्रष्टाचारलाई सहजीकरण गर्यो : सांसद सिंह
-
यी तीन चिजको सेवनले पुर्याउँछ मस्तिष्कमा क्षति
-
अग्नि नियन्त्रकले काम गरेको हेर्न युवकले लगाए आफ्नै घरमा आगो
-
लेडी गागाको कन्सर्टमा २१ लाख दर्शक !
-
निर्माणाधीन संसद् भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट