‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’

सुर्खेत । कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री विन्दमान विष्टले नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णालीमा आएर फन्टुस कुरा गरेको बताएका छन् ।
पोखरेलले केही दिनअघि सुर्खेतमा आयोजित एक कार्यक्रमका ‘एमालेको सरकार आएदेखि कर्णालीमा सचिवहरू आउने लहर चलेको’ भनेका थिए । साथै उनले कांग्रेस र माओवादी नेतृत्वको सरकार हुँदा सचिवहरू आउनै नमान्ने गरेको पनि सुनाएका थिए । यद्यपि अझै तीन जना सचिव खाली रहेको र प्रभावकारी कार्य सम्पादनमा असर परेको बताउँदै सांसद समेत रहेका पूर्वअर्थमन्त्री विष्टले पोखरेलको आलोचना गरेका छन् ।
‘एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व गरेपछि कर्णालीमा कर्मचारी/सचिव आउने प्रतिस्पर्धा छ भनेर एमाले महासचिवले भाषण गरेको सुनेको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महिनौँदेखि भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय निमित्तको भरमा छ, एक जना सचिव निवृत्तिभरणमा जानू भो र एकजना सचिव सरुवा हुँदा कम्तीमा तीन जना सचिव खाली भए ।’
हिजोको सरुवामा त कर्णालीमा एकजना मात्रै सचिव पठाइएको छ । ‘प्रतिस्पर्धामा छान्न नसकेर हो कि महासचिवका फन्टुस कुरा हुन्,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता