प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
बुधबार, १० वैशाख २०८२, ११ : ०८
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित समाचारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै मङ्गलवार अवहेलना मुद्दा दायर गरेका हुन् ।
उक्त मुद्दाको आज न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा पहिलो नम्बरमा पेसी चढेको छ ।
सोमबार ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा उक्त अनलाइनमा समाचार प्रकाशित भएको थियो । यद्यपि उक्त समाचार हाल वेबसाइटबाट हटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण